कारोबार


नक्सालमा खुल्यो केटीएमको ‘द प्रिमियम केटीएम शोरुम’ (तस्बिरहरु)

नक्सालमा खुल्यो केटीएमको ‘द प्रिमियम केटीएम शोरुम’ (तस्बिरहरु)

नेपालखबर
चैत १८, २०८१ सोमबार १२:१०, काठमाडौँ

केटीएमले काठमाडौंमा ‘द प्रिमियम केटीएम शोरुम’को भव्य उद्घाटन गरेको छ। 

यही मार्च २६ मा केटीएमले नक्सालमा पुरानो शोरुमनजिकै आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको हो। 

कम्पनीका अनुसार केटीएमको केटीएमको साहसी पहिचान र प्रिमियम ब्रान्ड छविलाई झल्काउने गरी यो शोरुम डिजाइन गरिएको छ। यो शोरुम नेपालमा मोटरसाइकल खुद्रा अनुभवमा नयाँ मापदण्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ। 

उद्घाटन कार्यक्रममा केटीएम राइडरहरु, ब्रान्डका शुभेच्छुकहरु र विशिष्ट अतिथिहरुको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ। 

यो शोरुमले ग्राहकलाई नयाँ स्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यसमा केटीएमका नयाँ मोडलहरुको अवलोकनदेखि जेन्युन एसेसरिजहरु, एक्सपर्ट सर्भिसिङ र राइडर केन्द्रित सपोर्ट प्रणालीजस्ता सुविधा छन्। 

यसमा मोटरसाइकल बिक्री र सर्भिसिङ मात्र नभई केटीएम समुदायका लागि कार्यक्रम, टेस्ट राइड इभेन्टहरु, प्राविधिक सत्र र विशेष राइडर गतिविधिहरु समेत आयोजना हुने बताइएको छ।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad