वेबर ग्रुपले सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्र्याएको छ।
ग्रुपअन्तगर्तको ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो।
कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापना गरेर सनलङ ईभीयू–३ कार्गो भ्यान सार्वजनिक गरेको छ।
सनलङ ईभीयू–३ मा ७० किलोवाट क्षमाताको मोटर छ। यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ। यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
‘वेबर ग्रुपअन्तर्गत ब्लु कर्पोरेसनले सनलङका पिकअप भित्र्याएको हो’, कम्पनीका बिक्री प्रमुख नविन फुयालले भने, ‘ललितपुरको बालकुमारीमा शोरुम स्थापना भइसकेको छ।’
सनलङ ईभीयू–३ को लम्बाइ ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्विलबेस ३०५० एमएम छ। यसको कार्गोको स्पेसको लम्बाइ ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाइ ३३० एमएम छ। यसको लोडिङ क्षमता १.४ टन छ।
टप स्पिड प्रतिघण्टा ९० किलोमिटर रहेको गाडीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ।
ब्लू कर्पोरेसनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो। कम्पनीले निकट भविष्यमै कमर्सियल भ्यानसमेत ल्याउने तयारी थालेको छ। कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ।
Shares

प्रतिक्रिया