कला


सलमानप्रति सोनाको आक्रोश: 'विषाक्त पुरुषत्व'

सलमानप्रति सोनाको आक्रोश: 'विषाक्त पुरुषत्व'

नेपालखबर
चैत १२, २०८१ मंगलबार १४:४२, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको फिल्म 'सिकंदर' इदका अवसरमा रिलिज हुँदै छ। यसअघि फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा सलमानले आफू फिल्मकी नायिका रश्मिका मन्डन्नाबीचको उमेर अन्तरका विषयमा दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ। 

सलमान खान ५९ वर्षका छन् भने रश्मिका २८ वर्षकी छिन्। उनीहरूबीच ३१ वर्षको अन्तर छ। यसै कारणले गर्दा धेरैले यसमा आपत्ति जनाएका थिए। 

यसैका विषयमा ट्रेलर लन्च कार्यक्रममा सलमानले भने, ‘उनीहरू भन्छन् कि हिरोइन र मबीच ३१ वर्षको फरक छ। अरे, जब नायिकालाई कुनै समस्या छैन, नायिकाको बुबालाई कुनै समस्या छैन, तपाईंलाई के समस्या भयो भाइ? यिनको बिहे हुन्छ, छोराछोरी हुन्छ, त्यतिबेला पनि उनीसँग काम गर्छु। आमाको अनुमति अवश्य नै पाउनेछु।’ 

भिडिओ-

सलमानको यसो भनिरहँदा रश्मिका मुस्कुराइरहेकी थिइन्। 

यसैबीच सलमानको जवाफमा प्रसिद्ध गायिका सोना महापात्राले टिप्पणी गरेकी छन्।

उनले सलमानको जवाफलाई फोहोरसँग तुलना गर्दै 'विषाक्त पुरुषत्व' (टक्सिक मस्क्युलिनिटी) भनेकी छन्।

सोना महापात्राले एक्समा लेखेकी छन्, 'नायक र नायिकाको 'बुबा' लाई यसमा कुनै समस्या छैन.. जब उनको बिहे हुनेछ र... आफ्नी लिडिङ लेडिको मुख्य महिलासँगको ३१ वर्षको उमेरअन्तरमा 'अनुमति' जस्तो बकवास जवाफ...'विषाक्त पुरुषत्व' र पितृसत्ताको 'भाइ' लाई यो अनुभूति छैन कि भारत बदलिइसक्यो?'

सलमानको फिल्म 'सिकंदर' यही मार्च ३० इदमा रिलिज हुनेछ। यसको एडभान्स ओपनिङ मार्च २५ मै सुरु भएको छ। एआर मुरुगादोसद्वारा निर्देशित यस फिल्ममा काजल अग्रवाल र सत्यराज पनि छन्।

सिक‌ंदरको ट्रेलर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad