कारोबार


नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी

नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी

नेपालखबर
फागुन २६, २०८१ सोमबार १९:१७, काठमाडौँ

काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको सम्मेलन भोलिसम्म चल्नेछ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन आजदेखि प्रारम्भ भएको हो। 

नाडा सो सम्मेलनको वित्तीय सहयोगी भई सो सम्मेलनको आयोजकमध्येको एक संस्था भएको छ। नाडा आफनो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो। 

यसैबीच, श्रम मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडीए)बीच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका हुन्। यसले रोजगारी र श्रमिकहरुको अभिवृद्धिका लागि सरकार र नेपालको निजी क्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ। यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको जनाएको छ। 

उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु दिए। आफनो प्रस्तुतिको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरुबारे बोलेका थिए। 

सो क्रममा उनले नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजस्वमार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नुपर्ने पहलहरुबारे उल्लेख गरे।  

उक्त सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रिय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad