कारोबार


नाडाले भन्यो– मौद्रिक समीक्षाले ईभी व्यापारलाई ठूलो मर्का, प्रयोगमा कमी आउँछ

नाडाले भन्यो– मौद्रिक समीक्षाले ईभी व्यापारलाई ठूलो मर्का, प्रयोगमा कमी आउँछ

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १२:३०, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नेपाल राष्ट्र बैंकले मंगलबार गरेको मौद्रिक समीक्षामा मिश्रित प्रतिक्रिया दिएको छ।

व्यक्तिगत सवारीसाधन र सबै प्रकारका सवारीसाधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेपछि नाडाले यस्तो प्रतिक्रिया दिएको हो। खासगरी विद्युतीय सवारीसाधन व्यवसाय गर्ने अटोव्यवसायीलाई मर्का पर्ने नाडाले जनाएको छ। 

यसलाई अघिल्लै ८० प्रतिशत कायम गर्न नाडाले माग समेत गरेको छ। ६० प्रतिशतमा झार्दा ईभी व्यवसायमा मर्का पर्ने नाडाको प्रतिक्रिया छ। यद्यपि नाडाले डिजेल/पेट्रोलका सवारीसाधनको हकमा भने यो व्यवस्था सह्राहनीय रहेको नाडाको ठहर छ। 

नाडाले भनेको छ, ‘सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोहीअनुरुप सरकारले विगतको समयदेखि नै विद्युतीय सवारीसाधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दै आएकोमा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ।’ 

नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको नाडाको दाबी छ। 

‘सरकारको आफनो घोषित नीतिको पालना र विद्युतीय सवारीसाधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउन यसअघिकै नीति अर्थात् ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौँ’, नाडाले भनेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad