सुदूरपश्चिम


कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ

कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १४:४६, कञ्चनपुर

कैलालीमा लागुऔषध खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१२ बी गाउँबाट दुई जनालाई पक्राउ गरिएको छ। 

धनगढी उपमहानगरपालिका–१२ ए गाउँका ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँटलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो।  

प्रहरीका अनुसार उनीहरुको साथबाट ८५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको थियो।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार ब्यारेलबाट सोमबार बेलुका खैरो हेरोइनसहित दुई जना पक्राउ परे। सु.प.प्र.०१–०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा मोटरसाइकल चालक धनगढी–५ का १९ वर्षीय विनोद गिरीले हेल्मेटभित्र खैरो हेरोइन लुकाएको भेटिएको थियो।

प्रहरीका अनुसार ५ ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

यस्तै, मोटरसाइकल पछाडी सवार बाजुराको बुढीगंगा नगरपालिका–४ का २३ वर्षीय दिपेन्द्र खातीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरबाट सोही ठाउँका २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर (नाम नखुलाइएको)लाई पनि लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुको साथमा ९३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad