कारोबार


भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक, यस्ता छन् फिचर

भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक, यस्ता छन् फिचर

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १८:५०, काठमाडौँ

भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक भएको छ।

भारत अटोमोबिलिटी ग्लोबल एक्स्पोमा एसयुभी विद्युतीय गाडी शोकेस गरिएको हो।

चिनियाँ बहुराष्ट्रिय ब्रान्ड बीवाईडीले अट्टो ३, सिल, ईम्याक्स ७ पछि सी लाइन ७ भारतीय बजारमा ल्याएको छ। बुकिङ खुल्ला भइसकेको यो गाडी मार्चमा सडकमा गुड्नेछ।

२ वटा अप्सनमा उपलब्ध गाडी प्रिमियम र पर्फमेन्स भेरियन्टमा आएको हो। यसमा ८२.५६ किलोवाट आवर ब्याट्री छ। प्रिमियमले ५६७ र पर्फमेन्सले ५४२ किमि रेन्ज दिने कम्पनीको दाबी छ। 

प्रिमियम गाडीले २३० किलोवाटको मोटर पावर र ३८० एनएम जेनेरेट गर्छ भने पर्फमेन्स भेरिन्टले ३९० पीएस पावर ६९० एनएम टर्क जेनेरेट गर्छ।

प्रिमियम गाडी रियर ह्वील ड्राइभमा छ भने पर्फमेन्स भेरियन्ट अलह्वील ड्राइभमा उपलब्ध छ। गाडीले ४.५ सेकेन्डमै जिरोबाट १०० किमीको स्पिडमा कुद्न सक्छ। 

गाडीमा १९ इन्च अलवे ह्वी रहेको छ। १५.६ इन्चको टच स्क्रिन रहेको छ। त्यसबाहेक नाप्पा लेदर सिटस्, एम्बियन्ट लाइटिङ, प्यानारोमिक ग्लास रुफ रहेका छन्। गाडीको ह्वील बेस २९३० एमएम रहेको छ। बुट स्पेस ५०० लिटर रहेको छ। 

नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले नाडा अटो शो मै शोकेस गरेको थियो। तर नेपाली बजारमा भने सार्वजनिक भएको छैन। बीवाईडीले प्रिमियम सेगमेन्टको सी लायन ७ ल्याउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad