कारोबार


बीवाईडीको एक करोडौँ एनईभी उत्पादन

बीवाईडीको एक करोडौँ एनईभी उत्पादन

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १७:१३, शेन्जेन, चीन

विश्वकै प्रमुख नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौँ एनईभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। 

यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ।

कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झिए। उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गर्नुभयो। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए। 

१ करोड नयाँ ऊर्जा सवारीसाधन उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ। 

कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।

१ करोडौं गाडी, डेन्जा जेठनाइन, गेम साइन्सका संस्थापक एवम्सीइओ तथा चर्चित खेल ’ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरियो।

वाबले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए। उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिब कल्चर रहेको टिप्पणी दिए। 

उनले भने, ‘बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।’

बीवाईडीको संस्कृतिबारे गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्चस्तरका कार्यकारीहरू र कर्मचारीहरूसँग अन्तर्वार्ता गरेका छन्। 

यी जानकारीहरू ‘द सोल अफ इन्जिनियरस’ नामक पुस्तकमा संकलित गरिएको छ।

आगामी योजनामा बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन शृंखलामा व्यापक सुधार ल्याउने बताएको छ। 

यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी बढ़त कायम राख्ने कम्पनीको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad