कारोबार


चीनमा नेटा अटोले पायो स्थानीय सरकारको साथ, उत्पादन र सप्लाई चेन मजबुत बनाउने

चीनमा नेटा अटोले पायो स्थानीय सरकारको साथ, उत्पादन र सप्लाई चेन मजबुत बनाउने

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १३:१५, काठमाडौँ

पछिल्लो समय व्यवसाय सञ्चालनमा चुनौतीको सामना गरिरहेको नेटा अटोले स्थानीय सरकारको साथ पाएको छ। 

द नानिङ इन्डस्ट्रियल इन्भेस्टमेन्ट ग्रुपले नेटाको मातृकम्पनी होजोन अटोसँग वित्तीय सहयोगसहितको रणनैतिक साझेदारी गरेको स्थानीय सञ्चारमाध्यम यिसाइले उल्लेख गरेको छ। 

योसँगै कम्पनीको पुनर्संरचनासहित कच्चा पदार्थ, उत्पादन, लजिस्टिक र नानिङको उत्पादन प्लान्टबाट केडी (नक्ड डाउन) निर्यातको लागि लगानी जुटेको हो।

साझेदारीले नेटालाई आफ्ना बाहिरी देशका मोडलहरु उत्पादन र डेलिभरीमा सहयोग पुग्नेछ। सँगसँगै अन्तर्राष्ट्रिय बजार विस्तार र आपूर्ति शृंखलाको स्थायित्वलाई समेत सुनिश्चित गर्ने बताइएको छ। 

नानिङ इन्डस्ट्रियल इन्भेस्टमेन्ट ग्रुप सन् २०१३ को नोभेम्बरमा गुआंग्सीको नानिङ सिटी गभर्नमेन्टमातहतमा स्थापना भएको थियो। यो ग्रुपको मुख्य व्यवसाय नै औद्योगिक लगानी र व्यवस्थापन, पार्क निर्माण र सञ्चालन, सम्पत्ति परिचालन र व्यवस्थापन रहेको नानिङ सरकारको वेबसाइटमा उल्लेख छ। 

यता होजोन भने सन् २०१४ को अक्टोबरमा स्थापना भएको थियो। सन् २०१७ अप्रिलमा यसले चिनियाँ आर्थिक योजनाकार नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडीआरसी)बाट सवारीसाधन उत्पादनको स्वीकृति पाएको थियो। 

नेटा ब्रान्डले चीनमा नेटा एक्स, नेटा जीटी, नेटा एस, नेटा आया र नेटा एल उत्पादन गर्छ। यी मोडलको मूल्य १ लाखदेखि २ लाख युआनसम्मको बीचमा छ। 

यो वर्ष जुनमा होजोनले हङकङमा सूचीकरणको आवेदन पेस गरेको थियो। तर यसबारे नयाँ विकास केही भएको छैन। सोसँगै पछिल्लो समय कम्पनीको व्यवसायले कठिनाइको सामना गरिरहेको छ। 

नयाँ साझेदारीपछि कम्पनीले पुनर्जीवन पाउने आशा गरिएको छ। नोभेम्बर १२ मा मात्रै नेटाले बोलिभियाको ठूलो अटो बिक्री ग्रुप ग्रुपो सावेद्रासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। नेटा र ग्रुपले संयुक्त रुपमा आपूर्ति शृंखला सिर्जना गरी बोलिभियामा अटो बिक्री गर्नेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad