कारोबार


भोलिदेखि बुटवलमा एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’, के छन् अफर?

भोलिदेखि बुटवलमा एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’, के छन् अफर?

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १३:२३, बुटवल

नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ।

एमएडब्लु वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो।

यो मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस यानि ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर यानि ४५ ला ४९ हजार रुपैयाँमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्नेछन्।

साथै, टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन्।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन्। 

‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको छ। साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नेछन्। 

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नेछन्। एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad