कारोबार


बीवाईडीले पहिलोपटक आम्दानीमा उछिन्यो टेस्लालाई

बीवाईडीले पहिलोपटक आम्दानीमा उछिन्यो टेस्लालाई

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १२:५९, काठमाडौँ

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीले अमेरिकी विद्युतीय कार कम्पनी टेस्लालाई पहिलोपटक आम्दानीमा पछाडि पारेको छ।

बीबीसीका अनुसार त्रैमासिक राजस्वमा टेस्ला पछि परेको हो। 

जुलाई–सेप्टेम्बर अवधिमा बीवाईडीले २ खर्ब युआन अर्थात् २८.२ अर्ब अमेरिकी डलर कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा बीवाईडीको यो आम्दानी २४ प्रतिशतले बढी हो। 

टेस्लाले सोही अवधिमा २५.२ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। 

यद्यपि धेरै ईभी बिक्रीमा तेस्रो त्रैमासिकमा टेस्ला नै अगाडि छ। सरकारी सहयोगका कारण चीनमा ईभी बिक्री बढिरहेको छ। सरकारले पेट्रोल कारलाई ईभी वा हाइब्रिडसँग साटफेर गर्न सहयोग गरिरहेको छ। 

उक्त त्रैमासिकको तेस्रो महिनामा भने बीवाईडीले पनि बिक्रीमा निकै सुधार गरेको छ। स्वदेशबाहिर भने चिनियाँ सहयोगका कारण चिनियाँ कम्पनीहरु अप्ठ्यारोमा पर्दै आएका छन्। युरोपेली संघले चिनियाँ ईभी आयातमा ४५.३ प्रतिशत शुल्क लगाएको छ। अमेरिका र क्यानडामा चिनियाँ ईभी उत्पादकले शतप्रतिशतसम्म करको सामना गर्नुपरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad