सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले लिपमोटर सी१० नेपाली बजारमा ल्याएको छ।
लिपमोटर सी१० नेपाल र युरोपमा एकैसाथ सार्वजनिक गरिएको हो।
जारी नाडा अटो सोका दौडान सार्वजनिक गरिएको लिपमोटर सी१० ले फाइभस्टार एनक्याप सुरक्षा रेटिङ पाएको छ। यसमा ६९.९ केडब्लुएच एलएफपी ब्याट्री छ भने १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनरेट गर्छ।
यसको रेन्ज ४२० किमि रहेको छ भने ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। सुरुमा काठमाडौं, बिर्तामोड, वीरगन्ज, विराटनगर, दाङ, नारायणगढ, बुटवल र पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नाडा अटो सोमा एक्सक्लुसिभ नाडा विशेष मूल्य ६७.९९ लाख, नियमित एमआरपी ७२ लाख र विशेष परिचयात्मक मूल्य ६९.९९ लाख रहेको कम्पनीको भनाइ छ।
यो एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो।
114
Shares
प्रतिक्रिया