ad ad

कारोबार


यस्ता छन् नेपाली बजारमा बुकिङ खुलेका केईका ३ मोडल

यस्ता छन् नेपाली बजारमा बुकिङ खुलेका केईका ३ मोडल

नेपालखबर
भदौ १२, २०८१ बुधबार १३:११, काठमाडौँ

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी ले नाडा अटो सोमा आफ्ना ३ मोडल सार्वजनिक गरेको छ। 

कम्पनीले मंगलबारदेखि सुरु भएको अटो सोमा स्टल नं एच–१६ बाट तीन मोडल सार्वजनिक गरेको हो। 

कम्पनीले आफ्नो ३ मोडल इक्युट ०२, इक्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी सार्वजनिक गर्दै बुकिङ खोलेको हो। 

कम्पनीका अनुसार इक्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा २०० किमि रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार, ३०० किमि भेरिएन्टmलाई २२ लाख ९६ हजार मूल्य राखिएको छ। इक्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसैगरी ३०० किमि रेन्ज दिने इक्युट ०४ को मूल्य २४ लाख ९६ हजार छ। यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क ११० एनएम छ। 

त्यसैगरी तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रिक एसयूभी डिलक्स र फ्ल्यागसिप भेरिएन्टमा उपलब्ध भएको छ। डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ छ। यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क २८० एनएम छ। 

कम्पनीले नाडा विशेष अफर पनि ल्याएको छ। यसअनुसार केई गाडीको खरिदमा ग्राहकले ७।३ किलोवाटको वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .