चिनियाँ प्रविधि कम्पनी साओमीले राजधानी बेइजिङमा कार उत्पादनका लागि जग्गा खरिद गरेको छ।
कम्पनीले ११ करोड ६० लाख अमेरिकी डलर मूल्यको ५३ हेक्टर (१३१ एकड) जमिन खरिद गरेको हो। अहिले किनेको जग्गा साओमीको बेइजिङस्थित यिझुआङ जिल्लामा हाल रहेको ईभी कारखाना नजिकै पर्ने बताइएको छ।
उक्त जग्गा साओमीको सहायक कम्पनी साओमी जिआङसी टेक्नोलोजीले खरिद गरेको हो। जहाँ उन्नत प्रविधियुक्त अटोमोबाइल र नवीकरणीय बौद्धिक साधन उद्योगको विकास गरिनेछ।
गत मार्चमा एसयू७ मोडलको कार सार्वजनिक गर्दै कम्पनी अटोबजारमा प्रवेश गरिसकेको छ। यो महिनामा कम्पनीले ३० हजार कार डेलिभरी समेत गरिसकेको छ। नोभेम्बरसम्म कम्पनीले १ लाख कार बिक्रीको लक्ष्य राखेको छ। एजेन्सी
231
Shares
प्रतिक्रिया