ad ad

कारोबार


जुनसुकै ब्रान्डका पुराना गाडी टियागो ईभीसँग साट्दा ग्राहकलाई फाइदै फाइदा

जुनसुकै ब्रान्डका पुराना गाडी टियागो ईभीसँग साट्दा ग्राहकलाई फाइदै फाइदा

नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:४, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ। 

मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिने सिप्रदीले जनाएको छ। 

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरका शोरुमहरुमा यही असार २१ देखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो। 

मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदा लिन सक्नेछन्। 

साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सक्नेछन्। उल्लिखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो ईभी मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राति ९ बजेसम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुने पनि सिप्रदीले जनाएको छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .