शशिला मोटर्सले भेन्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ।
एकपटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने बसको बुकिङ खुल्ला गरिसकेको हो।
बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ। गाडीमा १ सय २३ किलोवाट आवरको ब्याट्री जडान छ।
फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रा.लि.का प्रबन्धनिर्देशक सन्तोष खतिवडाले बताएका छन्।
१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ ।
हाल प्रिबुकिङ गर्नेले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ।
531
Shares
प्रतिक्रिया