ad ad

कारोबार


लक्ष्मी ग्रुपले भित्र्यायो केयी ब्रान्डको एक्स३ प्रो ईभी, मूल्य कति? (तस्बिरहरू)

लक्ष्मी ग्रुपले भित्र्यायो केयी ब्रान्डको एक्स३ प्रो ईभी, मूल्य कति? (तस्बिरहरू)

लक्ष्मी इमोबिलिटीले केयीको एक्स३ प्रो ईभी नेपालमा सार्वजनिक भएको छ। तस्बिर : सरोज बैजु


नेपालखबर
असार १३, २०८१ बिहिबार १२:९, काठमाडौँ

नयाँ ईभी ब्रान्ड नेपाल भित्रिएको छ। 

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले केयीको एक्स३ प्रो ईभी नेपालमा सार्वजनिक गरेको हो। 

४४४३ एमएम लम्बाइ, १८३१ एमएम चौडाइयुक्त गाडी कम्पनीले फ्लागसिप र डिलक्स दुई भेरियन्टमा ल्याएको छ। 

यी गाडीमा फ्ल्यागसिपको मूल्य ४६ लाख ९६ हजार र डिलक्सको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ। 

केयी एक्स ३ प्रोको रेञ्ज ४०१ किलोमिटर रहेको बिक्रेता लक्ष्मी ग्रुपले दाबी गरेको छ।  

१२० किलोवाटको मोटर पावर रहेको गाडीमा ५३.६ किलोवाटआवर ब्याट्री छ। 

गाडीको स्पिड प्रतिघण्टा अधिकतम १५० किमि रहँदा ९ सेकेन्डमा ० बाट १०० किमिको गति लिन सक्छ। 

एक्स ३ प्रोको ग्राउन्ड क्लियरेन्स १८२ एमएम छ। ५ सिटे गाडीमा फास्ट चार्जरबाट ५० मिनेटमा फुल चार्ज हुन्छ भने नर्मल चार्जरबाट ८ घण्टा लाग्छ।  

गाडीमा २ वटा मोड छ। इको र स्पोर्टस मोडमा गाडी कुदाउन सकिन्छ। २ वटा मोडलमा फ्ल्यागसिपको टायर साइज १७ इन्च र डिलक्सको १८ इन्च छ।

तस्बिरहरु

सबै तस्बिर : सरोज बैजु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .