ad ad

कारोबार


सेरेसको एक्सचेन्ज क्याम्प : इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुँदा ग्राहकलाई यस्ता फाइदा

सेरेसको एक्सचेन्ज क्याम्प : इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुँदा ग्राहकलाई यस्ता फाइदा

नेपालखबर
जेठ १३, २०८१ आइतबार ११:४७, काठमाडौँ

नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्प चलिरहेको छ।

शुक्रबारदेखि नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प आगामी मंगलबारसम्म चल्ने कम्पनीले जनाएको छ । 

स्पेसल इभेन्टमा ग्राहकले अभूतवपूर्व फाइदाका साथ अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुने अपूर्व अवसर प्राप्त गर्नेछन्। 

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र इजी फाइनान्सिङ अप्सन जस्ता फाइदा लिन सक्नेछन्। 

अन द स्पट कार भ्यालुएसनअन्तर्गत ग्राहकले आफ्नो अहिलेको कारको भ्यालुएसन तुरुन्तै गराउन सक्नेछन्। 

त्यसैगरी आफ्नो कारको सके सम्म बढी मूल्य अर्थात बेस्ट एक्सचेन्ज रेट पाउन सकिने छ भने पुरानो कारसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्ने भएकाले एक्सचेन्ज बोनसको रुपमा थप रकम प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी सेरेसका लागि  सहज तरिकाले फाइनान्स सुविधाको समेत व्यवस्था हुनेछ। 

कठमाडौं उपत्यकाबाहिर पोखरा, बुटवल, नेपालगन्ज, नारायणघाट, विर्तामोड र विराटनगर तथा उपत्यकामा पानाीपोखरी, भक्तपुर, थसिखेल र नक्सालमा सो एक्सचेन्ज क्याम्प चलिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .