कारोबार


जिहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो? यस्ता छन् स्कुटरका विशेषता

जिहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो? यस्ता छन् स्कुटरका विशेषता

नेपालखबर
माघ २१, २०८० आइतबार १३:७, काठमाडौँ

नेपाली दुई पाङ्ग्रे ईभी बजारमा जिहो ब्रान्डका स्कुटरले लोकप्रियता कमाइरहेको छ। उक्त ब्रान्डका स्कुटर नेपालमा रिलाइन्स ग्रुपअन्तर्गत रिसि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ। 

कम्पनीले नेपाली बजारमा जिहोको एई८ मोडलमार्फत आफ्नो बजार विस्तार गरेको थियो। उक्त कम्पनी नेपालको लागि सीएफ मोटोको समेत आधिकारिक वितरक पनि हो। जिहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण रहेको कम्पनीको दाबी छ। 

जिहो एई८ मा ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कूलिङ मोटरद्वारा सञ्चालित छ। यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ। यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दावी गरिएको छ। सो बाइकले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ। 

कम्पनीका अनुसार उक्त स्कुटरको पावर आजको मितिमा ग्राहकले बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइकसँग गर्न सकिन्छ। एई८ चार्ज गर्न एकदमै सजिलो र सहज छ। यसलाई ४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ। 

यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई८मा मात्र उपलब्ध रहेको छ। सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दाबी छ। 

कम्पनीले जिहोकै अर्काे अर्बान मोबिलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपाली बजारमा ल्याएको छ। व्यस्त जीवन र महंगिएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जिहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ। 

जिहो एई६ प्लसमा २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा सञ्चालित छ। यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ। यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ। सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ। सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ। 

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, ह्विल पावर १६० एनएम र बाइकको तौल ९६ किलोग्राम छ।  

कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बैंकसँग सहकार्य गरेको छ। उक्त मोडलको नक्सालस्थित सीएफ मोटोको शोरुम टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .