कारोबार


अग्नि मोटोइंकको डिलर मिट आयोजना

अग्नि मोटोइंकको डिलर मिट आयोजना

नेपालखबर
माघ १४, २०८० आइतबार १४:४९, काठमाडौँ

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ‘भविष्यलाई सँगै नेतृत्व गरौँ’ भन्ने नाराका साथ आफ्नो डिलर मिट २०२४ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा सफलतापूर्वक आयोजना गरेको छ। 

वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो। 

कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए। यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो। 

बजारमा महिन्द्रा पावरोलका ५ केभीएदेखि ६२५ केभीएसम्मका २८ थरिका मोडलहरु उपलब्ध छन्। 

बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरुमा ऊर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ। साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरुमा विश्व विख्यात ब्राण्ड डीपीसी (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरुले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .