भारतमा हुन्डाईको एक्सटर लञ्च भएको छ। हुन्डाई मोटर्स इन्डियाले बहुप्रतिक्षित एक्सटर सार्वजनिक गरेको हो।
कम्पनीले एक्सटरको सुरुवाती मूल्य ६ लाख भारतीय रुपैयाँमा सार्वजनिक गरेको छ। एक्टर १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ।
४ सिलिन्डर रहेको इन्जिनले अधिकतम पावर ८३ पीएस र ११३ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले उल्लेख गरेको छ।
म्यानुअल र अटोमेटिक ड्राइभ सिस्टममा उपलब्ध गाडीको अधिकम माइलेज १९.४ किलोमिटर प्रतिलिटर रहेको छ। १५ ईन्च डाइमन्ड कट ह्वील रहेको गाडी ६ वटा कलरमा उपलब्ध छ।
गाडीको डाइमेन्सन ३८ सय १५ एमएम लम्बाई, १७ सय १० एमएम चौंडाई रहेको छ। गाडीको बुट स्पेर ३९१ लिटरको रहेको छ।
231
Shares
प्रतिक्रिया