ad ad

कारोबार


काठमाडौंबाट नुवाकोट दरबारसम्म मोटर र्‍याली हुँदै

काठमाडौंबाट नुवाकोट दरबारसम्म मोटर र्‍याली हुँदै

नेपालखबर
बैशाख १३, २०८० बुधबार १८:१०, काठमाडौँ

मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण आगामी वैशाख १५ र १६ गते शुक्रबार र शनिवार आयोजना हुने भएको छ। 

विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुने भएको हो। 

मोटर र्‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यावसायिक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ।

विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने छन् । लक्ष्मी हुन्डाई र बीवाईडीको सहकार्यमा र्‍याली आयोजना हुँदै छ। 
 
काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टार स्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ। र्‍याली शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ । यसको समापन भने शनिवार गरिने छ।

र्‍यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोवल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स जस्ता ब्राण्ड छन्।

र्‍यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने बेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .