ad ad

कारोबार


नेपालका सडकमा ५ हजारभन्दा बढी महिन्द्रा स्कर्पियो पिकअप

नेपालका सडकमा ५ हजारभन्दा बढी महिन्द्रा स्कर्पियो पिकअप

नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:५७, काठमाडौँ

नेपालका अधिकांश बाटोहरु ग्रामीण इलाकामा पर्छन्। त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ। 

अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ। किनकि डबल क्याब पिकअपमा ५ यात्रुसहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ।

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअपमध्येको एक हो ‘महिन्द्रा स्कर्पियो पिकअप’।

स्कर्पियो पिकअप फुल अप्सन गाडीको प्रोभन पर्फरमेन्स र हाई फिचर्सका कारण  हालसम्म नेपालका सबै भूभागमा ५ हजारभन्दा बढी महिन्द्रा पिकअप गाडी दौडिरहेका छन् र नेपालको लागि यस्तो उत्कृष्ट गाडी जीवनशैली र भौगोलिक हिसाबले उत्तम स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रंगमा उपलब्ध रहेको छ।  

सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो   पिकअप उपभोक्ताहरु माझ पनि यसको फोरह्विल्ड अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्चस्तरको विशेषता, शक्तिशाली प्रदर्शन, अधिकतम सुरक्षा र  प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल छ। 

स्कर्पियोको लोकप्रियता नेपाली बजारमा मात्रै नभई विश्वव्यापी रुपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा समेत कायम रहेको छ। 

स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० एचपी पावर र ३२० एनएम टर्क छ। यसमा २१० एम.एम को ग्राउन्ड क्लियरेन्सका साथै फोरह्विल्डको मद्दतले नेपालको कुनै पनि कुनामा सहजरुपमा यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।  

सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषताहरु रहेका छन्। स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ। सुपथ मुल्यमा यग्नत धेरै विशेषता र शक्तिशाली इन्जिन भएकाले नै  बजारमा पाउने अरु पिकअपहरु भन्दा महिन्द्रा स्कर्पियो पिकअप उत्कृष्ट र आरामदायी रहेको छ।

यसका विशेषताहरु 

  • डुअल एयरब्याग
  • २.५ टन टविङ क्षमता
  • रेन सेन्सिङ अटोमेटिक वाइपर
  • अटो हेडल्याम्प
  • पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल
  • एन्टिलक ब्रेकिङ प्रणाली (एबीएस)
  • ७ इन्च टचस्क्रिन इन्टिग्रेटेट इन्फोटेनमेन्ट र नेभिगेसन
  • स्टियरिङ माउन्टेड कन्ट्रोल
  • क्रुज कन्ट्रोल
  • रियर पार्किङ भ्यु क्यामेरा
  • अल पावर विन्डोज र पावर मिरर
  • डुअल प्रोजेक्टर हेडल्याम्प। साथमा एलईडी आइब्रज र स्टेटिक बेन्डिङ
  • माइक्रो हाइब्रिड प्रविधि
  • ६ गियर म्यानुअल ट्रान्समिसन

महिन्द्रा स्कर्पियो पिकअपलाई नेपालमा विगत ३ दशकदेखि अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले देशको सातै प्रदेशमा बिक्री र बिक्रीपछि मर्मत सेवाहरू प्रदान गर्दै आएको छ।

आजसम्म आउँदा अग्निको  ८० भन्दा बढी नेटवर्कवक, शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .