कारोबार


महिन्द्रा केयर फेस्ट १४ देखि १९ गतेसम्म, स्पेयर पार्ट्समा ५० प्रतिशत छुट

महिन्द्रा केयर फेस्ट १४ देखि १९ गतेसम्म, स्पेयर पार्ट्समा ५० प्रतिशत छुट

नेपालखबर
फागुन १०, २०७९ बुधबार १६:२९, काठमाडौँ

महिन्द्रा फोरह्विलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले नेपालव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ। 

यही फागुन १४ देखि १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्नलागेको कम्पनीले जनाएको हो। 

यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट तथा एक्सेसरिजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ। 

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्। महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ। 

साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ। 

महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ ्र यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा, उपलब्ध छ्र।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .