नेपाल अटो पत्रकार संघ (जाम)ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई करका दर स्थिर राख्न सुझाव दिएको छ।
संघका अध्यक्ष उज्ज्वल जंग शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी बजेटमा नीतिगत रूपमा व्यवस्था स्थिर राख्न सुझाव दिएको हो।
हरेक बजेटमा करका दर फेरबदल गर्दा उपभोक्तासँगै बिक्रेतालाई योजना बनाई काम गर्न अप्ठ्यारो भएको सुझाव दिएको छ।
संघको तर्फबाट महासचिव सागर गजुरेलले विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने, सार्वजनिक यातायातमा विद्युतीय बसमा नगद अनुदान दिनुपर्ने सुझाव दिएको थियो।
सवारीसाधनको राजस्वलगायतका सम्पूर्ण काम अनलाइनबाट तिर्नसक्ने, सडकको सुरक्षा अडिट गर्न आवश्यक बजेट, भेहिकल फिटनेश सेन्टर स्थापना लगायतको काममा ध्यान दिनुपर्ने सुझाव दिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले अटो पत्रकार संघले दिएको सुझावमा सकरात्मक रहेको बताएका छन्।
‘भेहिकल फिटनेस सेन्टर स्थापना लगायतका व्यवस्था यसअघि कै बजेटमा गरेको थिए,’ मन्त्री पौडैलले भने, ‘तर कार्यान्वयन गर्न पाइनँ।’
उनले विद्युतीय बसमा कर छुट दिएको बताउँदै नगद अनुदान दिनु उपयुक्त हुने नहुने विषयमा चासो राखेका थिए।
प्रतिक्रिया