ad ad

कारोबार


नगद मार्जिन खारेज र गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्वारा आन्दोलन घोषणा

नगद मार्जिन खारेज र गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्वारा आन्दोलन घोषणा

नाडाले विरोध कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १४:२७, काठमाडौँ

सरकार तथा राष्ट्र बैंककाे नीतिका कारण समस्यामा परेका अटाेमाेबाइल्स व्यवसायीहरुले विराेध कार्यक्रम सार्वजनिक गरेका छन्। 

अटाे व्यवसायीले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन  व्यवस्था खारेजीकाे माग गरेका हुन्। 

चालू पुँजी कर्जा मार्गदर्शन खारेज, माैद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण र गाडी आयात फुकुवा माग गर्दै आन्दोलन घाेषणा गरेका छन्। 

जसले कर तिरेकाे छ उसैलाई सरकारले पेलेकाे व्यवसायीले आराेप लगाएका छन्। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बाध्यात्मक परिस्थिति आएकाे बताए। २१ प्रतिशत राजस्व याेगदान अटो क्षेत्रले दिए पनि सरकारले अटाेमाेबाइल्सलाई प्राथमिकता नदिएकाे बताए। 

उनले ८ महिनादेखि अटाे व्यवसाय बन्दप्राय: रहेकाे बताउँदै १ लाख राेजगारी सिर्जना गरेकाे यस क्षेत्रमा ३० प्रतिशत कटाैती भएकाे बताए। 

उनले गाडीमा ५० प्रतिशत र पार्टस १०० प्रतिशत नगद मार्जिन राख्नुपरेकाे भन्दै असन्तुष्टि जनाए।  

'अटाेमाेबाइल्स व्यवसायी सडकमा जाने अवस्थामा छाैँ', थापाले भने, 'मंसिर २२ गतेसम्म पहिलाे चरणका कार्यक्रम सार्वजनिक गरेका छौँ।'

अध्यक्ष थापाले समस्या समाधान नभए पुन: आन्दोलन घाेषणा गर्ने बताए। 

यस्ता छन् विरोध कार्यक्रम 
सरकारी नीतिको विरोध गर्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।

यसअनुसार २२ गते सम्पूर्ण व्यवसायीले कालाे पहिरन लगाई ११ बजेदेखि २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम छ। उक्त दिन सातै प्रदेशमा धर्ना कार्यक्रम बस्ने नाडाले जनाएकाे छ। 

आन्दाेलनका  संयाेजक तथा नाडा उपाध्यक्ष  सुरेन्द्र रिजालले ३ घण्टा शान्तिपूर्ण धर्ना गर्ने बताए। 

उनले नगद मार्जिनकाे व्यवस्था र गाडी आयात खुल्ला गर्नुपर्ने बताए। निर्जीवन बीमाकाे ५० प्रतिशत व्यवसाय घटेकाेमा पनि उनीहरुले असन्तुष्टि जनाएका छन्।  

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सरकारका कारण ५८ वटा डिलर बन्द भएकाे बताए। नाडाका अनुसार अटो क्षेत्रमा १  खर्ब लगानी रहेकाे छ भने १० हजार  व्यवसायी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .