ad ad

कारोबार


नासा बागमतीद्वारा चितवनमा सेफ राइडिङ ओरिएन्टेसन कार्यक्रम

नासा बागमतीद्वारा चितवनमा सेफ राइडिङ ओरिएन्टेसन कार्यक्रम

नेपालखबर
साउन २३, २०७९ सोमबार १७:३९, काठमाडौँ

नासा नेपाल बागमती प्रदेश संघको आयोजनामा सेफ राइडिङ ओरिएन्टेसन कार्यक्रम चितवन उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको छ।

फेडेरेसेन इन्टरनेशनल डे अटोमोबाइल (फिया)को सहयोग तथा नासा नेपालको केन्द्रीय समितिको संयोजनमा हाल देशव्यापी रुपमा सञ्चालित अभियानअन्तर्गत चितवनमा समेत आयोजना गरिएको हो।

अटोमोबाइल्स, यातायात, इन्जिनियरिङ, सामाजिक तथा युवा विद्यार्थीबीचमा सञ्चालित सो कार्यक्रममा फिया वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले सेफर मोबिलिटीको लागि सेफ राइडिङसम्बन्धी प्रस्तुति गरेका थिए। 

नासा बागमती प्रदेश सघंका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रोटरी क्लब अफ चितवन तथा चितवन अटोमोबाइल्स एसोसिएसनको समेत सक्रिय सहकार्य रहेको थियो।

चितवनको लागि सेफर मोबिलिटीमा थुपै्र कार्य गर्नुपर्ने हुँदा सोको सुरुवात भरतपुर महानगरपालिकाबाट गर्न भरतपुर रोड सेफ्टी अडिटको प्रस्ताव महानगरमा पेश गर्ने निर्णय समेत गरिएको नासाले जनाएको छ।

कार्यक्रममा डब्ल्यूएचओ र फियाद्वारा सिफारिस गरिएको हेल्मेटको आवश्यकता र पिलियन राइडर्सलाई हेल्मेटको महत्वबारे छलफल गरिएको थियो।

सडक सुरक्षाको पाँच पिल्लरमध्ये चौथो पिल्लरको क्षेत्रमा चितवनका नागरिक र पेशागत संगठनलाई परिचालन र संयोजन गर्ने समेत निर्णय गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .