कारोबार


‘कार्ट्समान्डु सिलालम टुर्नामेन्ट’मा दिगविजय अधिकारी पहिलो

‘कार्ट्समान्डु सिलालम टुर्नामेन्ट’मा दिगविजय अधिकारी पहिलो

नेपालखबर
साउन १, २०७९ आइतबार ११:५८, काठमाडौँ

हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्ड सिलालम’मा दिगविजय अधिकारीले बाजी मारेका छन्। 

विवेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरे। वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ्ग, एफ आई ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले उपाधि र प्रमाण पत्र प्रदान गरे। 

पुरस्कार वितरणसँगै राखेप सदस्यसचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोर्ट्स सन्तोषजनक लयमा रहेको बताउँदै आगामी दिनमा राखेपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे। 

यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए। 

फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ।

प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेसन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad