कारोबार


सुजुकीको व्यापार ३ प्रतिशतले बढ्यो, ४ हजार ४५६ वटा दुईपांग्रे बिक्री

सुजुकीको व्यापार ३ प्रतिशतले बढ्यो, ४ हजार ४५६ वटा दुईपांग्रे बिक्री

नेपालखबर
असार २९, २०७९ बुधबार १३:९, काठमाडौँ

सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सको व्यापार ३ प्रतिशतले बढेको छ।

२०२० को तुलनामा २०२१ मा ३ प्रतिशतले बढाउँदै ४ हजार ४५६ वटा सवारी बिक्री गरेको छ। 

२०२० मा कम्पनीले ४ हजार २४० वटा मात्रै बिक्री गरेको थियो। 

कम्पनीले २०१९ मा १ अर्ब ८८ करोड रुपैयाँको कारोबार गरेकोमा २०२० मा १ अर्ब २१ करोडमा झरेको थियो। २०२० मा कोभिडको कारण व्यापार घटेको कम्पनीको २०२१ मा १ अर्ब २५ करोड कारोबार भएको छ। 

कम्पनीले सुजुकीका मोटरसाइकल तथा स्कुटर बाहेक अटुल अटोका तीनपांग्रे, मोटुल ब्रान्डको लुब्रिकेन्टस् समेत बिक्री गर्दैै आएको छ। 

कम्पनीका हाल नेपालभर ५८ वटा २ पांग्रेका डिलर, १४ वटा ३ पांग्रेका डिलर र ६६ वटा मोटुल लुब्रिकेन्ट्सका डिलर रहेका छन्। कम्पनीले २०२१ मा  आफ्ना ३ वटा शोरुम रहेका छन्। कम्पनीले ३ हजार ९४८ डिलरबाट र ५०८ वटा आफ्नै शोरुमबाट बिक्री गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad