ad ad

कारोबार


बागमतीमा टीभीएस अपाचीको पहिलो राइड आयोजना

बागमतीमा टीभीएस अपाचीको पहिलो राइड आयोजना

नेपालखबर
जेठ १७, २०७९ मंगलबार १३:५६, काठमाडौँ

टीभीएस मोटर्सले बागमती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना गरेको छ। 

अपाची अनर्स ग्रुप (एओजी) मा रहेका राइडरहरु सहभागी गरी उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। 

यो बागमतीमा टीभीएस अपाचीको पहिलो कार्यक्रम भएको कम्पनीले जनाएको छ। यसमा अपाची चढ्ने २ सय जनाले सहभागिताका लागि आवेदन दिएका थिए। 

कार्यक्रम धादिङ गोर्खा बिच रिसोर्टसम्म आयोजना भएको थियो। त्यसमा ३५ सहभागी रहेको कम्पनीले जनाएको छ। आवेदन दिई सहभागी हुन नपाएकाहरुलाई अन्य संस्करणमा समावेश गरिने जनाइएको छ। 

टीभीएसले यही कार्यक्रम अब गण्डकी प्रदेशमा पनि गर्दै छ। त्यसका लागि दर्ता प्रक्रिया खुलेको छ। यसबाहेक नारायणी, कोशी, लुम्बिनी, महाकालीमा पनि यस्तै कार्यक्रम गरिने कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .