विद्युतीय गाडीलाई प्राथमिकता दिएको टाटा मोटर्सले भारतमा ब्याट्री कम्पनी स्थापना गर्ने तयारी गरेको छ।
विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न भारतमै ब्याट्री कम्पनी स्थापना गर्ने टाटाले जनाएको छ।
टाटाले भारतसँगै बाहिर पनि ब्याट्री कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ।
टाटा मोटर्सले २०२५ सम्म १० वटा विद्युतीय मोडलका गाडी बजारमा ल्याउने लक्ष्य राखेको छ। टाटाले वातावरण प्रदूषणमुक्त बनाउन विद्युतीय गाडीमा जोड दिएको छ।
टाटाले हालसम्म २ वटा विद्युतीय मोडलका गाडी बजारमा ल्याएको छ। टाटा नेक्सन ईभी म्याक्स र टिगोर ईभी बजारमा रहेका छन्।
174
Shares
प्रतिक्रिया