स्पार्क ग्रुपको सब्सिडरी कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालिले चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीका ५० युनिट कारहरु भाडामा सञ्चालनका लागि खरिद गर्ने सम्झौता गरेको छ।
सेल्फ ड्राइभ र बीवाईडीको आधिकारिक नेपाली वितरक साइमेक इन्क प्रालिबीच यस्तो सम्झौता भएको हो।
बीवाईडीका ई६ पूर्ण विद्युतीय कारको एकैपटक यति धेरैवटा अर्डर भएको दक्षिण एसियामै पहिलोपटक रहेको कम्पनीले जनाएको छ।

बुधबार दुवै कम्पनीले यससम्बन्धी फ्रेमवर्कमा सम्झौता गरेका हुन्। योसँगै सेल्फ ड्राइभ बीवाईडीको रेन्टल पार्टनर बनेको छ।
सेल्फ ड्राइभले कम लागत, शून्य उत्सर्जन, व्यावसायिक ड्राइभरमार्फत व्यावसायिक तथा निजी ग्राहकलाई काठमाडौंमा सेवा प्रदान गर्दै आएको छ।
सुरुमा सेल्फ ड्राइभले पाँचवटा पहिलो पुस्ताको बीवाईडी ई६ मोडलमार्फत यस्तो सेवा सुरु गरेको छ भने आगामी दिनमा नयाँ गाडी आउने बताइएको छ।
बीवाईडी ई६ मा भरपर्दो ब्याट्री प्रविधि, बीवाईडीको यूएल प्रमाणित आइरन फोस्फेट एफई ब्याट्रीहरु रहेका छन्।
त्यस्तै एउटा बीवाईडी स्टेट अफ आर्ट सर्भिस सेन्टर स्पार्क ग्रुपको गुह्येश्वरीमा रहेको फसिलिटीमा स्थापना गरिनेछ। उक्त वर्कशप यही वर्ष मेबाट सञ्चालनमा आउनेछ।

त्यसमा उच्च तालिमप्राप्त व्यावसायिक र अत्याधुनिक सरसामग्री उपलब्ध हुनेछ।
साथै वर्कशपमा ४० किलोवाटको एसी फास्ट चार्जर यसअघि नै राखिसकिएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया