सवारीसाधन निर्माता भारतीय कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आफ्ना सबै मोडलको मूल्य साढे दुई प्रतिशत वृद्धि गरेको छ । यो मूल्यवृद्धि तत्काल लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार कम्पनीका विभिन्न मोडलको एक्स शोरुम मूल्य १० हजारदेखि ६३ हजार भारुसम्म बढ्न सक्नेछ ।
इस्पात, आल्मुनियमजस्ता महत्वपूर्ण वस्तुहरुको मूल्य बढेको कारण कम्पनीले गाडीहरुको मूल्यवृद्धि गर्नुपरेको उल्लेख गरेको छ । यद्यपि कम्पनीले ती वस्तुको बढ्दो मूल्यको बोझ सकेसम्म आफैँ व्यहोरिने उल्लेख गरेको छ ।
यसले ग्राहकमा आंशिक प्रभावमात्रै पर्ने कम्पनीको भनाइ छ । महिन्द्राले थार, एक्सयूभी ७०० जस्ता मोडलका गाडी बिक्री गर्दै आएको छ ।
हाल कम्पनीले आफ्ना बिक्री तथा डिलर नेटवर्कमार्फत ग्राहकलाई यसबारे अवगत गराउने प्रयास गरिरहेको छ ।
यो महिनाको सुरुमा सुजुकी इन्डियाले पनि आफ्ना सबै मोडलका गाडीको मूल्य बढाएको थियो । यद्यपि कम्पनीले कति मूल्यवृद्धि गरेको बताएको छैन ।
Shares

प्रतिक्रिया