ad ad

कारोबार


व्यापार, लगानीबारे छलफल गर्न चीन र भारतबीच उच्चस्तरीय संयन्त्र बनाउने सहमति

व्यापार, लगानीबारे छलफल गर्न चीन र भारतबीच उच्चस्तरीय संयन्त्र बनाउने सहमति

नेपालखबर
असोज २५, २०७६ शनिबार ८:३४,

एसियाका दुई शक्तिशाली अर्थतन्त्र भारत र चीन व्यापार, लगानीबारे ठोस छलफल गर्न उच्चस्तरको संयन्त्र बनाउन सहमत भएका छन्। दुई दिने अनौपचारिक सम्मेलनका लागि भारत आएका चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका दौडान उक्त सहमति भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश सचिव विजय गोखलेका अनुसार संयन्त्रमा चीनका तर्फबाट उपप्रधानमन्त्री हु चुन्हा र भारतबाट वित्तमन्त्री निर्मला सीतारमन रहनेछिन्। राष्ट्रपति सी शुक्रबार भारत आएका थिए। सो क्रममा दुवै दिन भारतीय प्रधानमन्त्री मोदीसँग सीले भेटवार्ता र द्विदेशीय र क्षेत्रीय मुद्दाहरुमा छलफल भएको थियो।

पहिलो दिन झण्डै साढे दुई घण्टा छलफल गरेका दुई देशका नेताले दोस्रो दिन पनि करिब ९० मिनेट छलफल गरेको विदेश सचिव गोखलेले ट्विटरमार्फत जानकारी दिए। सीको सम्मानमा मोदीले लन्च कार्यक्रम समेत राखेका थिए।

यसैबीच, राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीलाई अर्को सम्मेलनका लागि चीन भ्रमणको निम्तो समेत दिएका छन्।

मोदीले निमन्त्रण स्वीकारेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .