ad ad

कला


चलचित्र कलाकार संघद्वारा शुभकामना आदानप्रदान

चलचित्र कलाकार संघद्वारा शुभकामना आदानप्रदान

नेपालखबर
असोज २५, २०७६ शनिबार ८:५०,

नेपाल चलचित्र कलाकार संघले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४०को अवसर पारेर राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ। कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए।

संघका उपाध्यक्ष मोहन निरौलाले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नेपाल संगीत तथा नाट्यक कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, संघका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष, कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले बोलेका थिए।

शुभकामना आदान प्रदान कार्यक्रममा संघका सल्लाहाकार मदुकुमार श्रेष्ठ, सङ्घका उपाध्यक्ष मोहन निरौला, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल लगायत पदाधिकारीहरु, वरिष्ठ कलाकार टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल, सञ्चारकर्मी र कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा टीका सहित संघ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँसहित दक्षिणा पनि दिएको थियो भने संघका कोषाध्यक्ष सुनिल कटुवालले ३१ रुपयाँलाइ ३१०० बनाइ चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुवात गरेसँगै कलाकारहरुले सो ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए।

यो रकम ३५ हजार भन्दा बडी संकलन भएको थियो। अध्यक्ष रविन्द्र खडाकाले अगामी वर्षदेखि हरेक चतुर्दशी तिथीमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि कलाकार जनक गर्तौलाले आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .