कारोबार


सी आउने-जाने बेला त्रिभुवन विमानस्थलका यी अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुने (तालिकासहित)

सी आउने-जाने बेला त्रिभुवन विमानस्थलका यी अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुने (तालिकासहित)

नेपालखबर
असोज २५, २०७६ शनिबार ४:२६,

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउने र स्वदेश फर्किने समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरण अवरुद्ध हुने भएका छन्।

चिनियाँ राष्ट्रपति सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि विशेष विमानबाट आज (शनिबार) अपराह्न साढे ४ बजे त्रिभुवन विमानस्थल ओर्लिंदै छन्। यसैगरी नेपाल भ्रमण पूरा गरी उनी भोलि (आइतबार) साढे १२ बजे स्वदेश फर्किंदै छन्।

सोही समयआसपास त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएका हुन्। जसका कारण विभिन्न विमान कम्पनीले तय गरेका उडानको समय तालिका केही पछि सारिएका छन्।

धध 1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार आज (शनिबार) अपराह्न २ः५५ देखि ५ः५५ बजेसम्म भीआईपीको आगमनपूर्व उडान तथा अवतरण रोकिने छन्। जसका कारण आज ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन्।

ए १

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि अन्तर्राष्ट्रिय उडान रोकिने भएका छन्। प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुनेछन्।

जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ।

ब

ज

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad