ad ad

कारोबार


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १०:१३,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ।

टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि केसीद्वारा महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तमराज सुवेदीलाई हस्तान्त्तरण गरे। उक्त सहयोगले ‘हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय–प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .