कारोबार


फर्निचर उद्योगमा आगलागीबाट ४० लाखको क्षति

फर्निचर उद्योगमा आगलागीबाट ४० लाखको क्षति

नेपालखबर
असोज २३, २०७६ बिहिबार ९:४८,

नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताएका छन्।

बुधबार राति ११ बजेको समयमा आगलागी हुँदा फर्निचरमा रहेका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाभाटले बताए। आगो कावासोती नगरपालिकाको दमकल, भरतपुर महानगरपालिकाको दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .