ad ad

कारोबार


बराह ग्रुपले मनायो रजत जयन्ती (तस्बिरहरू)

बराह ग्रुपले मनायो रजत जयन्ती (तस्बिरहरू)

नेपालखबर
असोज १३, २०७६ सोमबार १२:१५,

२०५२ भदौ ५ गते औपचारिक रुपमा स्थापना भएको बराह ज्वेलरी इण्डस्ट्रिज प्रालिले व्यवसायको ठीक २४ वर्ष पार गरेर २५ वर्षमा टेकेको छ। रजत जयन्ती पार गरेको यस सुखद अवसरमा कम्पनीले बराह समूह नै घोषणा गर्दै आज भव्य समारोह आयोजना गरेको हो।

सदाझैँ भदौ ५ गते आफ्नो स्थापना दिवसको मौका पारेर औपचारिक कार्यक्रम गर्दै आए पनि इण्डस्ट्रिजका परिकल्पनाकार तथा संस्थापक स्व. इन्द्रकुमार लामिछाने विश्वकर्माको ६२औं जन्म दिन अर्थात् आज असौज १३ गते विविध कार्यक्रमका साथ सन्देशमूलक कार्यक्रम आयोजना गरेको हो।

baraha maho 1

रजत जयन्तीको अवसरमा धरान, काठमाडौं, पोखरा, चितवन, भेडेटार शाखा तथा विदेशका हङकङ्ग, दुबई, युकेलगायतका शाखाहरुबाट गरिने नुनदेखि सुनसम्मका कारोबारहरुमा ग्राहक महानुभावहरुका लागि विशेष छुट र सुविधाको व्यवस्था गरिएको छ। बराह ग्रुपले स्व. इन्द्रकुमार लामिछाने विश्वकर्माको जीवनीमा आधारित पुस्तक विमोचन गरेको छ।

baraha maho 2

साथै रक्तदान, सांस्कृतिक झाँकी र व्यापारिक प्रदर्शनलगायतका औपचारिक कार्यक्रम समेत आयोजना गरेको हो।

baraha maho 3

baraha maho 4 1

baraha maho 5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .