कारोबार


सिटी एक्सप्रेस ग्रुप सम्मानित

सिटी एक्सप्रेस ग्रुप सम्मानित

नेपालखबर
असोज १३, २०७६ सोमबार ११:३४,

सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई एक हजार दुई सय थान ज्याकेट दिने सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सहयोगसँगै सिटी एक्सप्रेस ग्रुप समेत प्रधानमन्त्रीको हातबाट सम्मानित भएको छ।

कम्पनीका अनुसार भक्तपुरस्थित मानव सेवा आश्रमको १६औँ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट सिटी एक्सप्रेस ग्रुपका प्रबन्धनिर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरेका छन्। समाजको सकारात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेस ग्रुपअन्तर्गत मनि ट्रान्सफर, फाउन्डेसन, फाइनान्स, आईटी कम्पनी, ट्रेडिङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .