ad ad

कारोबार


दोहोरो अंकले बढे पनि सेयरबजारमा १६ करोडको मात्रै कारोबार

दोहोरो अंकले बढे पनि सेयरबजारमा १६ करोडको मात्रै कारोबार

नेपालखबर
असोज १३, २०७६ सोमबार १०:२८,

लगातार ओरालो लागेको सेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत शून्य दशमलव ६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेन। स्टकका अनुसार कुल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता सेयर १६ करोड ८८ लाख २८ हजारमा खरिद–बिक्री भए।

कारोवार भएका कुल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयर वृद्धि भएको छ। अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष शून्य दशमलव ०१ विन्दुले बढेका छन् ।

कारोबारका आधारमा आज सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको दुई करोड १३ लाख ६० हजार २६५ बराबरको कारोबार भयो। यस्तै प्रभु बैंक एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक रु ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक सेयर ७५ लाख र शिवम् सिमेन्टको ७० लाख ३४ हजार ७४० मा कारोबार भर्इ शीर्ष स्थानमा छन्।

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५।२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए। माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .