कारोबार


महाराजगञ्जमा डीसीटी फेसन हाउस सञ्चालनमा

महाराजगञ्जमा डीसीटी फेसन हाउस सञ्चालनमा

नेपालखबर
असोज १३, २०७६ सोमबार ६:१९,

काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दूतावासनजिकै डीसीटी फेसन हाउस सञ्चालनमा आएको छ। उक्त फेसन हाउसको उद्घाटन गायिका प्रविशा अधिकारी, बानिका प्रधान, शिला विष्ट, वरिष्ठ संगीत संयोजक किरण कँडेल, मदन कृष्ण श्रेष्ठ, उनकी छोरी सराना श्रेष्ठ, समाजसेवी पशुपति गुरुङ लगायत थुप्रै अतिथिहरुहरुको उपस्थितिमा भएको थियो।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै ज्यासमिन गुरुङ, बिमला गुरुङ र दीप सुन्दासको संयुक्त लगानीमा फेसन हाउस सुरु भएको हो।

वैदेशिक रोजगारीमा राम्रो सेवा सुविधाको जीवन त्यागेर आफ्नो खुन पसिनाको कमाइले स्वदेशमै लगानी गरेर तीन जनाले एउटा गतिलो उदहारण प्रस्तुत गरेका छन्। फेसन हाउसमा पुरुष, महिला तथा बालबालिकाका लागि गुणस्तरीय ब्रान्डेड लुगा उपलब्ध हुनेछन्।

ब्राइडल डिजाइनर वेयर, ब्राइडल मेकअप सम्पूर्ण सेवा यहाँ पाइने बताइएको छ। गुणस्तरीय र आकर्षक डीटीसी ब्राण्डका लुगाहरु भाडामा उपलब्ध हुनुका साथै होम डेलिभरीको सेवा समेत रहेको फेसन हाउसले जनाएको छ।

सामाजिक सेवामा समेत सक्रिय सञ्चालक समूहले आफ्ना लागि मात्र होइन अरुका लागि पनि केहि गर्नु पर्छ भन्ने भावनाबाट प्रेरित भई महिला जागरण र सशक्तीकरणका निम्ति पनि यो फेसन हाउस सञ्चालन गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad