कारोबार


भारतबाट अवैध रुपमा भित्रिएका चल्ला नष्ट

भारतबाट अवैध रुपमा भित्रिएका चल्ला नष्ट

गोकुल जोशी
असार ३, २०७६ मंगलबार ६:१०,

पश्चिमी सीमा नाका गड्डाचौकीबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका ब्रोइलर कुखुराका चल्ला बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल गुल्म कञ्चनपुरबाट खटिएको टोलीले गड्डाचौकी नाकाबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला मङ्गलबार बरामद गरेको हो।

सशस्त्र प्रहरी बल गुल्म कञ्चनपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक वीर बहादुर विष्टको कमाण्डमा खटिएको सात जनाको मोबाइल गस्ती टोलीले भीमदत्त नगरपालिका–९ रिङौनाबाट १५ कार्टुन (१५०० गोटा) प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ।

ती बरामद गरिएका ब्रोईलर कुखुराका चल्लालाई मङगलबार नष्ट गरिएको छ। सशस्त्र प्रहरी, पशु क्वारेनटाईन चेकपोष्ट, इलाका प्रहरी कार्यालय गड्डाचौकीलगायतका प्रतिनिधिको रहोबरमा चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी सहायक निरीक्षक विष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .