ad ad

कारोबार


राष्ट्र बैंकले निकाल्यो १०० को यस्तो नयाँ नोट

राष्ट्र बैंकले निकाल्यो १०० को यस्तो नयाँ नोट

नेपालखबर
असोज ८, २०७६ बुधबार ४:३४,

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट निकालेको छ।

आकार, प्रकार र रङ पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बैंकले १०० को नयाँ नोट बजारमा पठाएको हो।

राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लुम्बिनी) लेखिएको छ।

71684410 2120115571617828 532352486145523712 n 1

सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ। नोटलाई सीधा हेर्दा रातो रङ, ढल्काएर हेर्दा हरियो रङ देखिन्छ। नोटको मध्य भागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ।

72116595 2408570836079364 2678703641463881728 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .