ad ad

कारोबार


नेपाल भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो

नेपाल भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो

नेपालखबर
असोज ५, २०८१ शनिबार ५:४९, काठमाडौँ

नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

शुक्रबार सम्पन्न अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास वाग्ले, मनिष कर्ण, यमलाल पाण्डे र प्रज्ञान घिमिरे चयन भएका छन्। यसैगरी महासचिवमा अशोक सिलवाल, सचिवमा रविन्द्र अधिकारी र कोषाध्यक्षमा सन्देश श्रेष्ठ निर्वाचित भएका छन्। 

केन्द्रीय कार्यसमिति सदस्यमा सचिन भट्टराई, श्रीबोध ज्ञवाली, आश्मा पोखरेल, उपेन्द्र लुईटेल, हृदय खड्का र सरोज श्रेष्ठ चयन भएका निर्वाचन समितिले जनाएको छ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा सङ्लग्न एक हजार २०० इञ्जिनियरको सहभागिता थियो। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक इन्जिनियर सुवास जोशीले प्रमाणपत्र वितरण गरेका छन्।

अधिवेशनका लागि जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठत्त गरिएको थियो । समितिको सदस्यमा अधिवक्ता नारायण कोइराला र इञ्जिनीयर अमित थकाली सदस्य थिए। 

एसोसिएसन नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र मुख्यतया आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन गर्ने इन्जिनियरको संस्था हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .