ad ad

राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेट

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेट

नेपालखबर
असोज ८, २०७६ बुधबार ५:२०,

संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा नेपालका तर्फबाट सहभागी हुन अहिले अमेरिका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन्।

राष्ट्रसंघको महासभा बैठकका अवसरमा ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार आयोजना गरेका रात्रीभोजमा मन्त्री ज्ञवालीले उनीसँग संक्षिप्त भेट गरेका हुन्।

विश्वका १९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा ट्रम्पले दिएको रात्रीभोजमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले सहभागिता जनाएका हुन्।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राखेका थिए। साथै आपसी सहयोग र सहकार्यका विषयमा पनि कुरा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन्।

महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दै छ।

महासभामा सहस्राब्दी विकास लक्ष्यका बारेमा पनि निर्धारित र योजनाबीच तालमेल तथा स्रोत-लगानीको आवश्यकताबारे विशेष सहस्राब्दी लक्ष्य बैठक मंगलबार सुरु भएको छ।

यसमा सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगती विवरणबारे छलफल भइरहेको छ। सहस्राब्दी लक्ष्यका प्रमुख १७ वटा क्षेत्रहरु स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैगिंक समानताजस्ता विषयमा थप स्रोत र लगानीको आवश्यकता रहेका बारे आफूले महासभा बैठकमा जानकारी गराएको परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन्।

यसैगरी स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी योजनाबारेको बैठकमा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सहभागी भएका थिए। बैठकका विभिन्न चरणमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, डा‍‍. पुष्पा चौधरी, सांसद तारादेवी भट्ट, दिनानाथ शर्मालगायतले सहभागी हुँदै छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .