सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा सोमबार फिन लिट नेपाल प्रालिसँग सहकार्य गर्दै इलामको फिक्कलमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जासम्बन्धी जानकारीजस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो।
कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए। देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ६७ वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ८२ एटीएम र १ हजार ५ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया