ad ad

कारोबार


कारोबारको पहिलो दिन नै दोहोरो अंकले घट्यो सेयरबजार, कसको कति कारोबार?

कारोबारको पहिलो दिन नै दोहोरो अंकले घट्यो सेयरबजार, कसको कति कारोबार?

नेपालखबर
असोज ५, २०७६ आइतबार १०:२४,

साताको पहिलो कारोबार दिन नै सेयरबजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार कारोबार मापन गर्ने नेप्से सूचक १६ दशमलव ०५ अंकले घटेको छ। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज दुई दशमलव ४९ अंकले घटेको छ।

बजारमा कुल १ सय ६६ कम्पनीको आठ लाख ४८ हजार ६ सय ६२ कित्ता सेयर बिक्री भएको छ। बजार खुलेयता आज दिनभरिमा ५ हजार ८ सय ९६ पटकको खरिदबिक्रीबाट २२ करोडको सेयर कारोबार भएको छ। कुल ११ समूहको कारोबार भएकामा अन्य समूहको बाहेक सबै समूहको कारोबार सूचक ओरालो लागेको छ। आज धेरै कारोबार सूचक घट्नेमा निर्जीवन बीमा अगाडि छ। यो समूहको सूचक १ सय २४ दशमलव २९ अंकले घटेको छ।

बढी कारोबार गर्ने कम्पनीमा भने आज शिवम् सिमेन्टले सबैलाई उछिनेको छ। कम्पनीको प्रतिकित्ता ५ सय ४३ रुपैयाँमा १ करोड ८० लाखको कारोबार भएको छ। त्यस्तै, गन्डकी विकास बैंक लिमिटेड प्रोमोटर सेयरको प्रतिकित्ता १ सय २२ रुपैयाँमा १ करोड ६५ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रोमोटर सेयरको १ करोड ४९ लाखको र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड १ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। उक्त बाहेक अन्य कम्पनीले १ करोडको कारोबार पुर्याउन सकेका छैनन्।

आज कमाउने कम्पनीहरुले पनि अधिकतम ४.५५ प्रतिशतसम्म मात्रै कमाएका छन् भने गुमाउने कम्पनीले ८.३३ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। आज धेरै गुमाउनेमा नेपाल एग्रोका सेयरधनीले ४८ रुपैयाँ, समता माइक्रोफाइनान्सका सेयरधनीले ४३ रुपैयाँ, महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ३४ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .