नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिपो बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले उक्त रिपो जारी गर्नलागेको हो।
बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा फाइनान्सहरुले सहभागिता जनाउन पाउने राष्ट्र बैंकले जनाएको छ। रिपो खरिदका लागि मास्टर रिपर्चेस सहमति अनिर्वाय रहेको छ। त्यस्तै साढे चार प्रतिशतभन्दा तलको दरको रिपो खरिद प्रस्ताव अस्वीकृत हुने बताइएको छ।
उक्त रिपो आगामी ९ गते परिपक्व हुनेछ। आज अपराह्न ३ बजे हुने बोलकबोलसँगै आजदेखि जारी हुने पनि राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया