कला


सीमान्त र सृजनको ‘मलाई पनि रहर छ’को भिडियो सार्वजनिक

 सीमान्त र  सृजनको ‘मलाई पनि रहर छ’को भिडियो सार्वजनिक

नेपालखबर
असोज २, २०७६ बिहिबार ६:४३,

गायक सीमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतका मिरादेवी राईको शब्द, नवीन कार्कीको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।

 गीतको भिडियोमा गायक सीमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ।

‘हामीले स्रोता–दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौँ, पक्कै पनि स्रोता–दर्शकको रोजाइमा पर्छ होला’, सीमान्त र श्रृजनले भने।

‘मेरो दिल दुखायौ के पायौ’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सीमान्तका थुप्रै गीतहरु चर्चामा छन्। विगत चार वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जनभन्दा बढी गीत स्रोता–दर्शकको रोजाइमा परेका छन्।

उनी ‘मलाई पनि रहर छ’ले पनि स्रोता–दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको बताउँछन्।

उनले गीत हेरे प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन्।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad